ऋषिङ । ऋषिङ् गाउँपालिकाले आर्थीक बर्ष २०८१/८२ को योजना तथा कार्यक्रमहरुलाई लक्षित गरी सोमवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ।
सोमवार गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । सेवा संस्कार मिडीया प्रा लिको सहजिकरणमा भएको उक्त कार्यक्रममा हालसम्म सम्पादन भएको योजना तथा कार्यक्रमको वारेमा गाउँपालिकाको तर्फबाट शाखा प्रमुख तथा वडा सचिवले प्रदिवेदन प्रस्तुत गरेका थिए ।