दुलेगौंडा । डिजि लिंक नेटवर्क प्रालिले आयाेजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २३३ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् । प्रालिकाे ११ औं वार्षिकोत्सवको अवसरमा भएको शिविर तनहुँ सेवा हस्पिटल, आविष्कार अस्पताल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हाे ।
शिविरमा १०८ जनाले पेट, छाति र मुट राेग परीक्षा, ४९ जनाले हाडजोर्नी, ४२ जनाले छाला राेग, ३० जनाले नाक, कान घाँटी, ८२ जनाले भिडियो एक्सरे र ४ जनाले सर्जरी गरेका थिए ।
यसैगरी शिविरमै १३९ जनाकाे ल्याब परीक्षा, ३९ जनाकाे इसिजि र २७ जनाकाे एक्सरे गरिएको थियाे ।
डिजी लिंक नेटवर्कका अध्यक्ष विपिन वाग्लेले संस्थाको सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै सामाजिक कार्य गर्न लागिएको जानकारी दिए ।
तनहुँ सेवा हस्पिटलका प्रबन्ध निर्देशक विष्णु अर्यालले सुगर युरिक एसिड, कोलस्ट्रोल, टिजी, इसीजी, भिडियो एक्सरे निुशल्क र एक्सरेमा ५० प्रतिशत छुट प्रदान गरिने जानकारी दिए ।
डिजी लिङ्कले तनहुँको शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, कास्कीको लेखनाथ र पाल्पाको रामपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिजी लिंकका निर्देशक विवेक वाग्लेले जानकारी दिए । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।