दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसकी शान्ति मरासिनीले विविएस् दोस्रो बर्षको बार्षिक परीक्षामा तनहुँ जिल्ला टप गरेकी छिन् ।
त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालित परीक्षामा मरासिनीले ५ विषयमा ३३१ अङ्क प्राप्त गर्दै तनहुँ जिल्ला टप गर्न सफल भएको क्याम्पस प्रशासनको दाबि छ । उनले कुल ६६.२ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानु्भक्त बहुमुखी क्याम्पसमा हाल करिब ७ सय विद्यार्थी अध्ययन गर्दछन् । यहाँ शिक्षा र व्यवस्थापन सङ्कायमा पढाइ हुदै आएको छ ।