• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

हरि खरेल हरि खरेल
May 12, 2025
- स्थानीय समाचार
A A
0
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले ज्ञापन पत्र बुझाएको छ । आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउदै प्रेस सेन्टर नेपाल तनहुँले पेशागत सुरक्षाको माग गरेको हो ।

प्रेस सेन्टर नेपाल तनहुँकी अध्यक्ष अस्मिता खनाल, सचिव विनोद ढुंगानाले ७ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । सार्वजनिक समारोह र सामाजिक सञ्जालबाट पत्रकार र पत्रकारिता जगतमाथि भइरहेको आक्रमणको अन्त्यका लागि ध्यानाकर्षण गराएको अध्यक्ष खनालले बताइन् ।

‘परिवर्तनका लागि कलम चलाएकै कारणले धाकधम्की, ज्युधनको असुरक्षा खेप्नुपर्ने स्थिति छ । सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरेकै कारण असुरक्षित हुने वातावरणको अन्त्यका लागि जोडदार माग गर्दछौं’, ज्ञापनपत्र बुझाउदै उनले भनिन् ।

प्राकृतिक दोहनमाथिको समाचार सम्प्रेषण गर्दा सुरक्षाको प्रत्याभूति गराइदिन माग गरिएको छ । ‘तनहुँ जिल्लामा प्राकृतिक स्रोतको दोहन बढ्दो छ । यसले भविष्यमा विपद्का घटना निम्त्याउनेमा दुईमत छैैन’, ज्ञापन पत्रमा भनिएको छ, ‘नदीजन्य पदार्थको अवैध उत्खनन् तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा प्रभावकारी अनुगमन र कारबाहीका लागि जोडदार माग गर्दछौं । साथै, प्राकृतिक दोहनको विषयमा समाचार सम्प्रेषण क्रममा सुरक्षाका प्रत्याभूति गराइदिनुहुन ध्यानाकर्षण गराउदछौं ।’
चार लेनमा स्तरोन्नती भइरहेको पृथ्वी राजमार्गको आँबुखैरेनि–पोखरा खण्डमा दैनिकजसो दुर्घटना हुँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेकाले सडक सुरक्षालाई ख्याल गर्दै दुर्घटना कम गराउन प्रशासनबाट खेल्नुपर्ने भूमिकाका लागिसमेत ध्यानाकर्षण गराइएको छ ।

श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

सञ्चार माध्यम दर्ता प्रक्रियालाई सरल बनाउन, एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुनः दर्ता÷नविकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था खारेज गरेर सहज रुपमा दर्ता गर्ने प्रबन्ध गर्न माग गरिएको छ ।

‘सञ्चारका विभिन्न माध्यम मार्फत भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीतालगायतका नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धि र संविधानमाथिको प्रहारलाई रोक्न माग गर्दछौं’, प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

तनहँमा घरवारवीहिन सडक मानवको व्यवस्थापनका लागि प्र्रशासनले उचित पहल गर्नका लागिसमेत माग गरिएको हो ।ज्ञापन पत्रसँगै प्रेस सेन्टर नेपालको काठमाडौं ११ बुँदे घोषणा पत्र पनि संग्लन गरिएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले माग गरिएका विषयमा आफू गम्भिर रहेको बताए । ‘स्थानीय विषयलाई गम्भिरतापूर्वक लिएका छौं । स्थानीय तहबाट समाधान गर्नुपर्ने विषय पु¥याइनेछ’, उनले भने । नीतिगत विषयलाई पनि सम्बन्धित निकायसम्म पु¥याउने उनको प्रतिबद्धता छ । पत्रकारिता जगतको सुरक्षाको विषयमा आफू गम्भिर रहेको बताउँदै समाज परिवर्तनमा हातेमालो गर्ने उनको भनाइ छ ।

आइतबार प्रेस सेन्टर नेपालको केन्द्रिय समितिले संघीय सरकारलाई, प्रदेश समितिले प्रदेश सरकारलाई, जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा र पालिका समितिले पालिकामा ज्ञापन पत्र बुझाएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.