दुलेगौंडा । कास्कीका निकेश गिरीले गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि हात पारेका छन् । शुक्ला साहित्य सङ्गम तनहुँले आयोजना गरेको प्रतियोगितामा सहभागि २९ प्रतिस्पर्धीलाई पछि पार्दै गिरीले उपाधि जितेका हुन् । जितसँगै गिरीले ११ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा गोरखाका कृष्णबहादुर महत द्धितीय भएका छन् भने कास्कीकै मदन घिमिरेले तृतीय भएका छन् । प्रतियोगितामा द्धितीय भएका गिरी र तृतीय भएका महतले क्रमशः ७ हजार र ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेता गजलकारलाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, अग्रज साहित्यकार शेषमणि आचार्य र शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले पुरस्कार प्रदान गरे । प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी ‘कटु’, सरस्वती श्रेष्ठ ‘सरु’ र अनुराग अधिकारी निर्णायक रहेका थिए । गण्डकी प्रदेशभरका ३० जना गजलकारले अनलाइनमार्फत सिर्जना पठाएका थिए । उत्कृष्ट १० मा छनोट भएकालाई शनिबार प्रतिस्पर्धा गराइएको थियोे ।