दुलेगौंडा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि दुलेगौंडामा नागरिक पहिलो अभियानले पूर्नवहालीको माग राख्दै प्रदर्शन गरेका छन् ।
अभियानले दुलेगौंडाको विपि चोकबाट बन्केवा चोकसम्म मोबाइल बत्ति बाल्दै संकेतिक रुपमा विरोध ¥याली निकालेको थियो । ¥यालीमा ‘भ्रष्ट सरकार होसियार, कुलमान घिसिङलाई पुर्नवहाली गर, कुलमानलाई हटाउन पाइदैन, अध्यारोल्याउन पाइदैन’ भन्दै नारा लगाइएको थियो ।
विरोध ¥याली पछिको कोट सभालाई सम्बोधन गर्दै नगरिक पहिलो अभियान संयोजक जनार्दन वियोगीले लाचार सरकारको प्रवृत्तिले गणतन्त्र धरापमा पर्ने बताए । साथै उनले राजनीतिक पार्टीभित्रै बसेर विरोध नगरसम्म परिर्वतन सम्भव नभएको बताए ।