दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा रहेकाे भानुभक्त बहुमुखी क्याम्पस संचालक समितिमा चार जना मनाेनित भएका छन् ।
शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले उपाध्यक्षमा शुक्लागण्डकी-५ का वडाध्यक्ष दिर्घ बहादुर थापालाई मनोनित गरेको हाे ।
यसैगरी सञ्चालक समिति सदस्यमा चोलाकान्त पाण्डे , लाल बहादुर श्रेष्ठ, शरन सापकोटा र लेखा सदस्यमा सुजन कुमार श्रेष्ठ मनोनीत भएको अध्यक्ष दुर्गा कुमार श्रेष्ठले जानकारी दिए ।