दुलेगौंडा । शुक्लागण्डकी जेसीजले आयाेजना गरेको प्रथम शुक्लागण्डकी जेसीज मिनि म्याराथनमा छात्रतर्फ गाउँफर्काेदय माध्यमिक विद्यालयका दिपेश थापा प्रथम भएका छन् । ११ विद्यालयका ७० जना धावकलाई पछि पार्दै दिपेश प्रथम भएका हुन् । उनले ५ किलोमिटर दाैड २२ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । जितसंगै दिपेशले नगद ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी दाैड प्रतियोगिता पञ्चमुनिदेव माध्यमिक विद्यालयका भाेजबहादुर गैह्रे र सुरज हमालले क्रमशः द्धितीय र तृतीय भएका छन् । गैह्रेले निर्धारित दुरी २३ मिनेट ३८ सेकेन्डमा पार गरेका थिए भने हमालले निर्धारित दुरी २३ मिनेट ४० सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा नेपाल पुलिस स्कुलका अंकित रानाभाटले निर्धारित दुरी २३ मिनेट ५६ सेकेन्ड पार गर्दै सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिता द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार १ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दाैड प्रतियोगितामा छात्रातर्फ तालवेसी माध्यमिक विद्यालयकी सपमा परियार प्रथम भएकी छिन् । उनले ५ किलोमिटर दाैड ३१ मिनेट ४६ सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् । छात्रतर्फ सहभागी ४ खेलाडीलाई पछाडि पारेकी परियारले नगद २ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।