दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको तालवेसी माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालयले शैक्षिक सामग्री प्रदर्शनी, प्रतिभा प्रष्फुटन तथा विद्यार्थी तथा शिक्षक सम्मान गर्दै बार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गुणस्तरीय शिक्षाको अभावमा विकासले गति नलिने हुदाँ नगरपालिकाले शिक्षा क्षेत्रमा विशेष लगानि गर्दै आइरहेको बताए । साथै उनले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणत्मक सम्बन्धले शिक्षामा आमुल परिवर्तन ल्याउने हुदाँ सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक (राजु), नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाई, वडा नं. ९ का कार्यवहाक वडाध्यक्ष कमल थापा, वडा नम्बर ९ का निर्वतमान वडाध्यक्ष लोकनारायण श्रेष्ठ, शितलबस्ति टोलका अध्यक्ष रोहित पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट विष्णुहरि पाठकले मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक दामोदर रेग्मी र राधा पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।