दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले तिहारमा भाइमसला नकिन्न आग्रह गरेको ।
नगरपालिकाले बजार क्षेत्रमा ‘भाइमसला’ मा समावेश गरिने सामाग्रीहरु म्याद गुज्रिएको र अखाद्य बस्तुको मिसावट समेत रहेको पाइएको भन्दै यस्ता सामाग्री खरिद नगर्न आग्रह गरेको हो ।
नगरपालिकाले बुधबार सुचना जारी गर्दै मानव स्वास्थ्यमा खेलवाड हुने गरि यस्ता सामाग्री विक्री वितरण गरेको पाइएमा शख्त कारवाही गर्ने समेत जनाएको छ । नगरपालिकाले यस्ता सामाग्री विक्री नगर्न ब्यवसायीलाई र खरिद नगर्न आम उपभोक्ताहरुलाई समेत अपिल गरेको छ ।