दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लव अफ दुलेगौडा खैरेनी सीटी र लीयो क्लब अफ दुलेगौडा खैरेनी सीटीकाे संयुक्त आयाेजनामा शुक्लागण्डकी नगरपालिका-३ मा रहेको भूलभूले मन्दिरमा रङ्गराेगन गर्नुका साथै सरसफाइ गरिएको छ ।
ओझेलमा परेको मन्दिरकाे उजागर गर्दै मन्दिरको प्रचारप्रसार गर्नका लागि मन्दिरमा रङ्गराेगन गर्नुका साथै सरसफाइ गरिएको क्लबका अध्यक्ष ठान प्रकाश न्याैपानेले बताए ।
दुइवटा क्लबकाे सम्पूर्ण सदस्यहरूकाे उपस्थितिमा रङ्गराेगन गर्नुका साथै सरसफाइ गरिएको थियाे ।