दुलेगौंडा । तनहुको भिमादमा भएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (२) द्वारा आयोजित रक्त्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको हो ।
‘समुदायमा कांग्रेस अभियान’ कार्यक्रम अन्र्तगत रहेर रक्तदान कार्यक्रम आयोजना गरिएको तनहुँ २, प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए । रक्त्तसंचार केन्द्रमा रगत अभाव रहेकाले मानव जिवन रक्षाका लागि रक्त्तदान आयोजना गरेका हौ सभापति आलेले भने ।
कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले ब्लड व्याक पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा रक्त्तदान सम्पन्न गरेको हो ।