तनहुँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ ।
परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागु हुदैछ ।