दुलेगौंडा । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । आजबाट गुरुङ समुदायले विरालो वर्गालाई विदाई गरि गिद्द वर्गालाई स्वागत गर्ने छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित पुलचोक क्षेत्रमा पनि दुलेगौंडा–गणपति तमु समाजले संस्कृतिक कार्यक्रमका बिच ल्होसार पर्व मनाउदै छन् । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ