कास्की – पोखरा महानगरपालिकाले मंगलाबार देशकै पर्यटकीय स्थल फेवाताल सरसफाइको महाअभियानमा सुरु गरेको छ । यस अभियानसंगै जलकुम्भी झारले कुरुप बनाएको फेवातालले विस्तारै रुप परिर्वतन गरेको छ ।
महानगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा आज करिब दुई सय बढी ट्रक जलकुम्भी सहितको फोहर सङ्कलन भएको महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । महानगरपालिकाले फेवाताल सरसफाई गर्ने अभियानलाई निरन्तर गर्न स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने बताए।
तालको झन्डै ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार आज अभियानका क्रममा निकालिएको छ ।