नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल औषधि लगायत अन्य सहयोगका साथ तनहूँ आईपुगेका छन् ।
अघिल्लो बर्षको कोभिड १९ को संक्रमण भएको समयमा पनि औषधि लगायत अन्य स्वास्थ्य सामाग्री लिएर जिल्ला आएका पौडेल यस पटक पनि थुप्रै सामग्री सहित जिल्ला आएका हुन । आफ्नै पहलमा काठमाण्डौमा ३ सय जनालाई सेवा दिन मिल्ने गरी निशुल्क आईसोसन चलाईरहेका पौडेलले कन्सनट्रेटर, पिपिई, मास्क, स्यानीटाईजर लगायत अन्य औधधि सहित आएक हुन ।
उक्त सामग्री जिल्ला अस्पताल दमौली, जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, शुक्लागण्डकी र भानु नगरपालिका लगायत विभिन्न संघ संस्थालाई हस्तानतरण गरिएको छ । कोरोनाको संक्रमण दर केहि कम देखिएता पनि स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ सामग्रीको अभाब रहेकको अवस्थामा नागरिक लाई उपचार सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराईएको पौडेलले बताए ।
गूड् जब ब्रदर 🙏🙏🇳🇵 जय नेपाल्