दुलेगौंडा स्थानीय तह निर्वाचन २०७९ को बैशाख ३० गते बहेको निर्वाचनको मतगणना शुरु हुन थालेको छ । तनहुँ जिल्लाका चार वटा स्थानीय तहमा मतगणना शुरु भैसकेको छ भने अन्य ६ वटामा तयारी हुदै गरेको बताईएको छ ।
शुक्लागण्डकी नगरपालिकामा पनि अबको केहि समयपछी मतगणना शुरु हुने सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार सर्वदलिय बैठक सम्पन्न भैसकेको छ, सहमतिमा मतगणनालाई अगाडी बढाउने कुरामा सबै दल बिच सहमति कायम भएको छ ।