कोत्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शुक्लागण्डकी नगरपालिका–२ ले कोत्रेमा सम्पर्क कार्यालय स्थापना गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै माओवादी केन्द्रले सम्पर्क कार्यालय स्थापना गरेको माओवादी केन्द्र शुक्लागण्डकी–२ का अध्यक्ष शंकर पन्तले बताए ।
सम्पर्क कार्यालयबाट भेला हुन, स्थानीयहरुले अवको नेतृत्व कास्तो रहेछ भनेर सोधपुच गर्न सहज हुने किसिमले सम्पर्क कार्यालय स्थापना गरिएको पन्तले बताए । सोमबार विहान माओवादी केन्द्रिले सम्पर्क कार्यालय स्थापना गर्नुका साथै ५६ जना व्यक्तिहरुलाई पाटी प्रवेश गराएको छ ।
माओवादी केन्द्र शुक्लागण्डकी–२ को वडाध्यक्ष पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रको केन्द्रिय सदस्य आशा कोईराला, प्रदेश सदस्य दिनेश गौतम (विश्वजित), खुम बहादुर विक (राजु), नगर अध्यक्ष मनराज गुरुङ, वाईसिएल नेपालको केन्द्रिय सदस्य शरण सापकोटा, वाईसिएलका जिल्ला अध्यक्ष अनिल तिवारी, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष मिलन महत लगायतको उपस्थितीमा सम्पर्क कार्यालयको स्थानपा गरिएको हो ।
नेपाली लोक दोहोरी, व्यवसाय साथै राजनीति क्षेत्रमा सक्रिय रहदै आएका पन्त माओवादी केन्द्रबाट शुक्लागण्डकी–२ को वडाध्यक्षको उम्मेद्वार रहेका छन् ।