दुलेगौंडा । कृषि विकास बैंकको खैरेनीटार शाखाले खैरेनी माध्यमिक विद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत रहेर विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

बैंकले आर्थिक कारोबार गर्ने मात्रै नभई समाजको हितका लागि पनि कार्य गर्ने गरेको खैरेनीटार शाखाका प्रबन्धक लेखनाथ आचार्यले बताए । शाखाले वित्तीय क्षेत्रमा हुनसक्ने साइबर अपराधबाट टाढा राख्न विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि तालिम पनि दिएको बताए ।
बैंकले विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज घिमिरे र प्रधानाध्यापक राजेश्वर घिमिरेलाई उक्त सामग्री हस्तान्तरण गरेको थियो ।












