• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

हरि खरेल by हरि खरेल
June 18, 2026
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा– तनहुँको शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना कार्यक्रम गरिएको छ । प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजना र शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा बिहीबार सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’ ले सही सूचना मात्रै ग्रहण गर्नुुपर्ने बताए ।

उनले नेपाली समाज सिक्ने र उत्पादनको चरणमा रहेको बताउदैं सूचना प्रविधिमा आएको अभूतपूर्व विकासलाई स्वीकार गर्नूपर्ने बताए । गलत सूचनाबाट बढी प्रभावित भइरहेको उनको भनाइ थियो । गलत सूचना सही सूचना तुलनामा चाँडो फैलने उनको टिप्पणी थियो । ‘यो समाजमा गलत सूचनाबाट प्रभावित भएर समाजमा अगाडि बढिरहेको छ’, उपप्रमुख विकले भने ।

प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले असार साउनको भेलबाढी जस्तै सूचनाको बाढी आएकाले सही सूचना मात्रै लिनुपर्ने बताए । मित्था र भ्रमपूर्ण सूचनाले समाजालाई असर गर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले अहिले सही सूचना र भ्रमणपूर्ण सूचना छुट्याउन नसक्दा नकरात्मक प्रभाव पारिरहेको बताइन् । सर्वसाधारणलाई सुसूचित गराएर सही सूचना मात्रै पढ्ने र शेयर गर्ने बानी बसाल्नुपर्नेमा उनको जोड थियो । ‘भ्रमपूर्ण र मित्था सूचनाबाट जोगाउन प्रेस रजिष्टारको कार्यालयले काम गरिरहेको छ’, उनले भनिन् ।

शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सामाजिक सञ्जालको उच्चतम् प्रयोगसँगै भ्रमपूर्ण र मित्था सूचना फैलिरहेको बताए । यसबाट जोगाउन नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।

एक दिने सचेतना कार्यक्रममा यस क्षेत्रमा क्रियाशिल पत्रकार, कन्टेन क्रियटर, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । उनीहरुले आगमी दिनमा भ्रमपूर्ण र मित्था सूचनाबाट जोगिन र जोगाउन भूमिका खेल्ने प्रण गरेका छन् ।

अनुसन्धानकर्मी उज्वल प्रजापतिले भ्रमपूर्ण र मित्था सूचना के हो ? कसरी फैलन्छ ? कसरी जोगिने ? यस्ता सूचना फैलन नदिन क–कसको भूमिका के रहने लगायतका विषयमा सहजीकरण गरेका थिए । पत्रकार विनोद ढुंगानाले स्थानीयस्तरमा कसरी भ्रमपूर्ण र मित्था सूचना फैलिरहेको छ जानकारी गराएका थिए । पानी शुद्धीकरण गरेर पिएजस्तै सूचना पनि शुद्धीकरण गरेर ग्रहण गर्नुपर्ने उनको तर्क थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.