दुलेगौंडा । आज शुक्लागण्डकी नगरपालिकाले १२ औं स्थापना दिवस मनाउदैं छ । नगरपालिका परिसरमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा शताब्दी नागरिक, राष्ट्रिय खेलाडी, राजनितिज्ञ, पूर्व नगर प्रमुख र उप्रमुख, प्राध्यापक, उत्कृष्ट शिक्षक, कक्षा १०, १२ र स्तानक तहका सर्वाेत्कृष्ट विद्यार्थी, उत्कृष्ट स्वयमसेविका, कर्मचारी, टोल विकास संस्था, करदाता, साहित्यकार र कृषकलाई सम्मान गरिने छ ।
विसं. २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषदको बैठकले साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गाविसलाई मिलाएर शुक्लागण्डकी नगरपालिकाको घोषणा गर्यो । ततपश्चात जेठ ७ गते कार्यालय स्थापना गरी सेवा सुरू गरेको थियो । २०७३ फागुन २२ गते पुन: राइपुर, थप्रेक र फिरफिरे गाविसलाई पनि शुक्लागण्डकीमा समाहित गरेर बृहत् शुक्लागण्डकी नगरपालिका बनेको थियोे ।













