दुलेगौंडा । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले शुक्लागण्डकी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । १० बुदाँमा नगरको कार्यलाई लिएर ध्यानाकर्षण गराएको हो ।
पत्रमा शुक्लागण्डकी नगरपालिकाले निर्धारण गरेको भारी भूमि करलाई घटाइ जनमुखी कर निर्धारण गर्नु पर्ने, सामुदायिक विद्यालयका शिक्षकहरूले पाउनु पर्ने तलब मासिक रूपमा पाउने व्यवस्था गर्ने, बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गरी सुरक्षित यात्राका निम्ति जेब्रा क्रसिङ सहित आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायमा विशेष पहल गर्ने कुरा उल्लेख गरिएको छ ।

यसैगरी क्रसर उद्योगहरूलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसार व्यवस्थापन गर्ने, विकास निर्माणको काममा विनियोजित बजेट निर्धारित समयमा सम्पन्न गर्ने पर्ने, असहाय तथा विपन्न विद्यार्थीका लागि निःशुल्क आवासीय विद्यालय स्थापना गर्नुपर्ने, अपांग, असहाय तथा अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने, शुक्लागण्डकी ८ मा रहेको चिस्यान केन्द्र र शुक्लागण्डकी ५ मा रहेको क्षि उपज संकलन केन्द्रलाई सञ्चालनमा ल्याउने विषयमा ध्यानाकर्षण गराएको छ । यसैगरी गर्मी याम सुरु हुन लागेको हुँदा बजार क्षेत्रका नालीको फोहोर मैला र दुर्गन्धका कारण विभिन्न किसिमका रोगहरू लाग्न सक्ने हुँदा नगरपालिकाले नाला सफा राख्न विशष पहल गर्नु पर्ने र नगर सभाबाट स्वीकत आर्थिक ऐन लगायतका ऐन, कार्यविधि कर्मचारी, जनप्रतिनिधिलाई सहजीकरणका लागि नभई उपभोक्ता, टोलविकास संस्था, र जनतामुखी बनाई कार्यान्वयनका लागि कार्य गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।
कांग्रेसका क्षेत्रीय सभापति चुडामणि खनाल, सचिव सन्तोष घिमिरे, पूर्व मेयर किसान गुरूङ लगायतले नगरप्रमुख कृष्णराज पण्डित र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई हस्तान्तरण गरेको हो ।














