दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि सुरू हुँदै छ । तनहुँ जिल्लाका २२ परीक्षा केन्द्रबाट ६ हजार १५५ जना विद्यार्थीले एकैपटक परीक्षा दिदै छन् ।
तनहुँबाट एसइइमा नियमिततर्फ ४ हजार ९४० विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् भने ग्रेडवृद्धि परीक्षातर्फ १ हजार २१५ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यस वर्ष देशभरिबाट ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिदै छन् ।













