दुलेगौंडा । लोकदोहोरी गायक दिपेन्द्र केसीको `दायाँ बायाँ´ गीत सार्वजनिक भएको छ । उनले यो गीत विन्ध्यावासिनी म्युजिक प्रालीको युट्युबमार्फत डिजिटल बजारमा ल्याएका हुन् ।
गीतमा दीपेन्द्रसँगै अनु विश्वकर्माको स्वर रहेको छ । राजकुमार बगरको शब्द र लय सिर्जनामा गीत तयार भएको हो । भिडियोमा इब्सल सञ्ज्याल र कैलाश कठायतको अभिनय छ । स्मृति तिम्लिसिना ‘गुरुआमा’ को निर्देशनमा तयार भएको गीतको भिडियो राजेश घिमिरेको समूहले छायांकन र नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
गायक केसी गीतले विस्तारै दर्शकमाझ छाप छाड्ने बताए । आफ्नै कर्म र संघर्षबाट संगितिक बजारमा आएको हुँदा एक दिन सफल गायक बन्नेमा विश्वस्त छन् ।












