दुलेगौंडा । गामीछाक्रा र जनजागृती युवा क्लबले आयोजना गरेको ११ औं संस्करणको गामीछाक्रा भलिबल कपको उपाधि थामडाँडा युवा क्लबले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा आयोजकलाई २–० को सोझो सेटमा पराजित गर्दै थामडाँडाले उपाधि हात पारेको हो । जितसंगै थामडाँडाले नगद ४० हजार साथमा शिल्ड र मेडल प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगिताको उपविजेता आयोजक गामीछाक्राले नगद २० हजार साथमा शिल्ड र मेडल हात पारेको छ भने तृतीय भएको विरुवा–५ ले नगद १५ हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा बोल्दै हरिनाश गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्दरले युवाहरुलाई एकताबद्ध बनाउन खेलकुदका कार्यक्रमले विशेष अर्थ राख्ने बताए ।
क्लबका अध्यक्ष शिखर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सदस्य खिमलाल भण्डारी, शुक्लागण्डकी–११ का वडाध्यक्ष सालिकराम भट्टराई , शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराई, हरिनास गाउँपालिका–३ का अध्यक्ष ओम प्रकाश सिग्देल लगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।













