दुलेगौंडा । स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पसले आयोजना गरेको प्रथम स्ववियु भलिबल कपको उपाधि शान्ता मावि पोखराले हात पारेको छ ।
फाइनल खेलमा शान्ताले कन्या मावि पोखरालाई ३-१ सेटमा पराजित गर्दै उपाधि हात पारेको हाे । प्रतियोगिताको विजेता शान्ता माविले नगद २२ हजार २२२ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कन्या माविले नगद ११ हजार १११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कन्या क्याम्पस र टप्स स्कुल सान्त्वना भएको छ । सान्त्वना भएको हुने दुई टिमले समान नगद ४ हजार ४४४ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विद्यालय र क्याम्पसहरूविच सुमधुर सम्बन्ध स्थापना गर्न मावि तथा क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको स्ववियु सभापति मिलन थापा मगरले बताए ।
स्ववियु सभापति मगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्याम्पसका निमित्त क्याम्पस प्रमुख धनप्रसाद पोख्रेल लगायतले पुरस्कार वितरण गरेका थिए ।













