दुलेगौंडा । युथ कांग्रेस तनहुँको जिल्ला संयोजकमा सुनिल तिमिल्सिना चयन भएका छन् । शनिबार भएको युवाहरूको भेलाले तिमिल्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भेलालाई सम्बाेधन गर्दै युथ कांग्रेसका पूर्व महामन्त्री राजेश कुमार श्रेष्ठले सङ्गठन विस्तार संगै युवालाई एकताबद्ध बनाउन अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका -१ का वडा सदस्य जब्बार मियाँ, वडा नं. ४ का वडा सदस्य मदन श्रेष्ठ, नेविसंघ तनहुँका प्रवक्ता रिम आले, तरुण दलका युवा नेता दिनेश परियार, मिन आले, चन्द्र थापा, नेविसंघका नेता सुजन लमिछाने लगायत नेपाली कांग्रेस निकट विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका युवा नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा नेता भीष्म श्रेष्ठले गरेका थिए ।













