दुलेगौंडा । प्रथम गण्डकी प्रदेशस्तरीय स्क्र्याबल प्रतियोगितामा हाडवर्ड विद्यालय पाेखराका प्रवेश मल्ल प्रथम भएका छन् । जितसंगै मल्लले नगद ८ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा विश्वज्याेति मावि नवलपुरका कृष्ण बास्तोला द्वितीय, बाल प्रभात माविका प्रशन जलारी तृतीय, हाडवर्ड पाेखराका अनुज गुरूङ चाैंथाे र सैनिक आवसिय माविका दिव्य जंग थापा पाँचाै भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय, चाैथाे र पाँचौ स्थानकाले क्रमश: नगद ६ हजार, ५ हजार, ३ हजार र २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेतालाई विद्यालयका संस्थापक बाबुराम कार्की, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), स्क्र्याबल क्लबका केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुली, विद्यालयका प्रधानाध्यापक सुरेश पाैडेल, स्क्र्याबल क्लबका केन्द्रीय सहकाेषाध्यक्ष विनाेद पाैडेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता स्क्रयाबल क्लब र ज्ञानबगैचा इङलिस बाेर्डिङ्ग स्कुलले संयुक्त रूपमा आयाेजना गरेको थियो । प्रतियोगिता ज्ञानबगैचा स्कुल प्रङ्गणमा माघ १६ र १७ गते सञ्चालन भएको थियाे । प्रतियोगितामा ६० जना विद्यार्थीबिच प्रतिस्पर्धा गराइएको थियाे ।













