दुलेगौंडा । अमर ज्याेति माध्यमिक विद्यालयले आयाेजना गरेको वडा स्तरीय शिक्षक भलिबल प्रतियोगितामा शुक्लागण्डकी-१ प्रथम भएको छ । फाइनल खेलमा शुक्लागण्डकी-११ लाई २-० काे सेटमा पराजित गर्दै शुक्ला-१ ले उपाधि हात पारेको हो । जितसंगै शुक्ला-१ ले नगद १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताकाे उपविजेता शुक्ला-११ ले नगद १० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा शुक्ला-७ लाई पराजित गर्दै शुक्ला-१० तृतीय भएको छ । तृतीय भएकाे शुक्ला-१० ले नगद ५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

अमर ज्याेति माविकाे ६५ ओैं वार्षिकोत्सबको अवसरमा प्रतियोगिता आयोजना गरेको थियाे । प्रतियोगिताले नगर भित्रका शिक्षकबिच आत्मियता वृद्धि गरेको खेल संयोजक सञ्जयराज ढकालले बताए ।













