दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा माइक्रो दुर्घटना भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९००४ नम्बरको माइक्रो अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । स्थानीयले माइक्रोमा सवार यात्रुको उद्धार गरेका थिए ।













