दुलेगौंडा । भू.पू विद्यार्थी मञ्च पञ्चमुनिले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा हंशवाहिनी माध्यमिक विद्यालयकी मानसी खनाल प्रथम भएकी छिन् । `विद्यालयकाे सर्वाङ्गीण विकासमा भू.पू विद्यार्थीकाे भूमिका´ शीर्षककाे वक्तृत्वकलामा खनाल प्रथम भएकी हुन् ।

प्रतियोगितामा गाउँफर्काेदय माविकी ममता कोइराला द्वितीय भएकी छिन् भने तालवेसी माविकी सदिक्षा रेग्मी तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
माघ १० गते भएको प्रतियोगिताको विजेतालाई पञ्चमुनिदेव माध्यमिक विद्यालयकाे ५६ ओैं वार्षिकोत्सबका दिन सम्मान गरिएको छ ।












