दुलेगौंडा । ज्ञान बगैंचा इङलिस बाेर्डिङ स्कुलमा गण्डकी प्रदेश स्तरीय स्क्रयाबल प्रतियोगिता हुने भएको छ । स्कुल र स्क्रयावल क्लब नेपालको संयुक्त आयोजनामा माघ १६ र १७ गते प्रथम गण्डकी प्रदेश स्क्र्यावल प्रतियोगिता हुन लागेको हाे ।
प्रतियोगिताको विजेताले नगद ८ हजार, उपविजेताले नगद ६ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी प्रतियोगितामा तृतीय, चाैंथाे र पाँचौं स्थानमा आउने प्रतियोगिलाई नगद ५ हजार, ३ हजार, २ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने १० ओैं स्थानसम्म आउनेलाई ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६० जना विद्यार्थीबिच प्रतिस्पर्धा हुने विद्यालयका सह प्रधानाध्यापक एवम स्क्र्यावल क्लब नेपालका सह कोषाध्यक्ष विनोद पौडेलले बताए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको बौद्धिक क्षमता, शब्द भण्डार र तार्किक शक्ति विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक प्रतिस्पर्धामा यस क्षेत्रका अन्य विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई स्क्र्यावल सिकाउन १६ गते कार्यशाला पनि राखिने विद्यालयका प्रधानाध्यापक सुरेश पौडेलले बताए ।













