दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर २ मा बरिष्ठ इन्जिनियर श्रीराम न्याैपानेले उम्मेद्बारी दिने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले न्याैपानेलाई उठाउने भएको हाे ।
अर्थशास्त्र र इन्जिनियरिङको फ्युजनबाट तनहुँसाथै देशलाई नै समृद्ध बनाउने लक्ष्यले चुनावी मैदानमा उत्रिने बताए । `नेपालको सबैभन्दा ठूलो तुलनात्मक लाभ जलस्रोत, भू–अवस्थिति र युवा जनशक्ति हो। यस सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न दूरदृष्टि भएको अर्थनीति र कार्यान्वयन गर्न सक्ने प्राविधिक नेतृत्वको अनिवार्यता छ´ उनले भने, `जुन कुरालाई सम्भव पार्न म राजनीतिमा आएको हाे ।´













