दुलेगौंडा । फागुन २१ गतेकाे निर्वाचन मिति नजिकिएसंगै यतिबेला चुनावी सरगर्मी बढेको छ । तनहुँ क्षेत्र नम्बर २ काे निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार सर्वदलीय बैंकक राखेर मनाेनयन दर्ता समय ताेकेकाे छ ।
माघ ६ गते विहान ११:५० मा राप्रपाले सुरूमा मनाेनयन दर्ता गर्ने छ । त्यसपछि १:३० बजे नेकपा एमालेले, २ बजे रास्वपाले, ३ बजे नेपाली कम्युनिस्ट पार्टीले, ४ बजे नेपाली कांग्रेस र ४:३० मा उज्यालो नेपाल पार्टीले उम्मेदवारी दर्ता गर्ने तालिका रहेकाे निर्वाचन अधिकृत भेषराज पाैडेलले बताए ।













