दुलेगौंडा । नेपाली कांग्रेस तनहुँ क्षेत्र न २ विशेष महाधिवेशनकाे पक्षमा उभिएको छ । विहिबार क्षेत्रीय कार्यसमितिले सुचना जारी गर्दै आफ्ना मातहतका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेको हाे ।
पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र तथा देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन ऐतिहासिक अवसर भएको क्षेत्रीय सभापति चुडामणि खनालले बताए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७(२) बमोजिम विशेष महाधिवेशनमा हुन लागेको छ । विशेष महाधिवेशन पौष २७ र २८गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।














