दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगरपालिका-२ नम्बर वडा कमिटीकाे अध्यक्षमा दिपकराज तिमिल्सिना चयन भएका छन् । शनिबार शुक्लागण्डकी-२ गाछेपानीमा सम्पन्न पार्टीको प्रथम वडा अधिवेशनले तिमिल्सिनाकाे सभापतित्वमा ५ सदस्यीय कार्यसमिति चयन भएको हाे ।

समितिकाे उपसभापतिमा इन्द्र प्रसाद सापकोटा, सचिवमा शिव पन्त, सदस्यमा विजय परियार र रविचन्द्र खनाल चयन भएका छन् । बाँकी सदस्य पार्टीको विस्तारित बैठकले थप गर्ने नगर सचिव राजेश पाण्डेले बताए ।
रास्वपाका उपसभापति डा. स्वर्णम वाग्लेले प्रतिशाेधकाे राजनीति गर्न नहुने बताए । साथै देश परिवर्तनकाे स्पष्ट खाका रास्वपासंग रहेकाे बताउदैं देशलाई घण्टीमय बनाउन सबै पार्टी पदाधिकारीलाई आग्रह गरे ।

रास्वपा शुक्लागण्डकी नगर कमिटीका सभापति हरि खड्काकाे सभापतित्वमा सम्पन्न कार्यक्रम, पार्टीको केन्द्रीय उर्जा विभाग प्रमुख श्रीराम न्याैपाने, प्रदेश प्रवक्ता शंकर पन्त, गण्डकी प्रदेशका उर्जा विभाग प्रमुख डा. शेषरमण न्याैपाने, भिमाद नगरका सभापति हरिप्रसाद लम्साल लगायतले बाेलेका थिए । कार्यक्रममा शुक्लागण्डकी- ५ का वडा सभापति यामप्रसाद प्रधानले स्वागत मन्तव्य दिएका थिए भने नगर सचिव राजेश पाण्डेले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।












