दुलेगौंडा । नागरिक पहिलो अभियानले शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारको बजार क्षेत्रमा सरसफाइ गरेको छ । बजारको बस स्टप वरपर फोहोरहरु थुप्रिर्दै जान थालेपछि यात्रु तथा स्थानीयलाई सचेत बनाउन सरसफाई कार्यक्रम गरिएको अभियानका संयोजक जनार्दन वियोगीले बताए ।
समाजका नागरिक सचेत नरहदाँसम्म समाजमा सचेत नरहने बताउर्दै आाअफ्नो स्थानबाट स्वच्छ वातावरण निर्माणका लागि अगाडि बढ्नुपर्ने उनको भनाई छ । ‘लगातार प्रयत्न गर्यो भने सुशासन सम्बृद्धि र सामाजिक न्याय पनि अवश्य प्राप्त हुन्छ । त्यसैले हामी सबैले वातावरण सरसफाइ देखि भ्रष्टको सफाइ गर्नसम्म पनि अग्रसर हुनुपर्छ ।’ उनले भने ।
मंगलबार अभियानका संयोजक वियोगी सहितको नागरिक पहिलो अभियानको टोलीले बसस्टप वरपर सरसफाइ गर्नुका साथै कोण सभा पनि गरेको हो ।













