दुलेगौंडा । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको अध्यक्षमा बिष्णुबहादुर राना चयन भएका छन् । दुलेगौंडामा सम्पन्न नवाै वार्षिक साधारण तथा चाैथाे अधिवेशनले रानाकाे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा सफल आले, उपाध्यक्षमा गाेमाया थापा र गंगाबहादुर थापा, सचिवमा दुर्गा थापा, सह-सचिवमा भूपाल आले, काेषाध्यक्षमा नमबहादुर थापा र सह-काेषाध्यक्षमा रामबहादुर थापा चयन भएका छन् ।
यसैगरी सदस्यमा फत्तबहादुर थापा, शंकर राना, खिमबहादुर थापा, सरस्वती राना, सुमित्रा थापा, साेमबहादुर थापा, देवबहादुर थापा,बलबहादुर थापा, गीताकुमारी थापा, एपाेलाे थापा, बिष्णुबहादुर आले र गंगा सुनारी मगर चयन भएका छन् ।
समितिका अध्यक्ष अमरराज थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिं थापा लगायतको उपस्थिति रहेकाे थियाे ।













