• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्ला न्युजका पत्रकार हरिलाई पुर्ण स्मृति सम्मान

सम्पादक by सम्पादक
December 15, 2025
in स्थानीय समाचार
A A
0
शुक्ला न्युजका पत्रकार हरिलाई पुर्ण स्मृति सम्मान
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा।   तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ का लागि सम्मानित व्यक्ति छनौट गरिएको छ । चौथो पटक प्रदान गर्न लागिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला छनौट भएका छन् ।

पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।

साहित्यतर्फ छनौट भएकी पौडेल विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि र कलम चलाउन थालेकी थिइन् । २०५४ सालमा जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम हुन सफल  आचार्यले २०७८ सालमा ‘बार्दली’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याइन् ।  शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष समेत रहेकी आचार्यको पोखरा–३३ स्थायी ठेगाना भई हाल शुनपा–३ कवासेमा बस्दै आएकी छिन् ।  विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित आचार्यले साहित्यसँग सम्बन्धित पुस्तकहरुको सम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।

यस्तै पत्रकारितातर्फ सम्मानित हुन लागेका पत्रकार खरेल शुक्लागण्डकीमा रहेर क्रियाशिल छन् । इन्द्रावती गाउँपालिका–४, सिन्धुपाल्चोकमा जन्मिएका खरेल हालः शुक्लागण्डकी–२, हलेदीमा बस्दै आएका छन् । वि.स.२०७६ सालमा तनहुँ खबर राष्ट्रिय दैनिकबाट पत्रकारिता शुभारम्भ गरेका खरेल हाल शुक्ला न्यूज अनलाईनका सम्पादक हुन् ।  खरेल शुक्लागण्डकी पत्रकार मञ्चका सदस्य हुन् । उनी श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम, गाछेपानीद्धारा युवा पत्रकारिता पुरस्कार–२०७९ बाट र भानुभक्त बहमुखी क्याम्पस, बेलचौताराले प्रदान गर्ने  पहिलो भानुभक्त तारा २०८२ बाट सम्मानित भएका  छन् ।

समाजसेवातर्फ छनौट भएका ८३ वर्षिय गर्तौला यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । वि.स. २०३० सालमा उदेनढुंगा गाउँपञ्चायत वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित गर्तौला २०३४–२०३९ सालसम्म खैरेनी गाउँपञ्चायत अध्यक्ष भएका थिए । सहिद कृष्ण मावि, शुनपा–३, संस्थापक अध्यक्ष रहेका उनले आफ्नै  नेतृत्वमा श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम स्थापना गरेका थिए । हाल गर्तौला शुनपा–३ कवासेमा बस्दै आएका छन् ।

(समचार श्रोत: शुक्लागण्डकी एफ एम)

Tags: पुरस्कारशुक्ला न्युजसम्मानहरी खरेल

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.