दुलेगौडा । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश संयोजकमा मनराज गुरुङलाई तोकिएकाे छ ।
नेकपा माओवादी केन्द्रमा लामो समय संलग्न भई शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष समेत भएका गुरुङ नेकपा माओवादीमा वैचारिक विचलन आएको र जेनजी आन्दोलनको मर्म अनुसार अगाडी बढ्न नसकेको भन्दै गएकाे मंसिर १६ गते मात्रै नेपाली कम्युनिष्ट पार्टी छाडेका थिए ।













