दुलेगौंडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजिनामा दिएका मनराज गुरूङ कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग जोडिए ।
गुरूङले मंगलबार सामाजिक सञ्जालमा “अबको यात्रा….राजनितीको लोडसेडीङ हटाउन सम्बृद्वीको बत्ती बालौं ।´´ भन्दै उज्यालो नेपाल पार्टीमा जाेडिएकाे सङ्केत दिएका हन् ।
माओबादी केन्द्रले नेकपा समाजवादी पार्टी लगायतसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाएपछि निरन्तर असन्तुष्टी ब्यक्त गर्दै आएका मनराज गुरुङले मंसिर १६ गते पार्टीको जिम्मेवारीबाट अलग हुने भन्दै राजिनामा दिएका छन् । उनी २०७४ काे निर्वाचनमा माओवादी केन्द्रकाे चुनाब चिह्न लिएर शुक्लागणडकी-१२ काे वडाध्यक्ष बनेका थिए । उनी माओवादी केन्द्र शुक्लागण्डकीका पूर्व नगर अध्यक्ष समेत रहेका थिए ।













