दुलेगाैडा । शुक्लागण्डकी जेसीजको २३ औँ वार्षिक अधिवेशनबाट बर्ष २०२६ को लागि सुशील थापा भुजेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार शुरु भएको जेसिजको २३ औँ अधिवेशनबाट शनिवार शुसिललाई अध्यक्ष घोषणा गरिएकाे हो । अध्यक्षमा भुजेल सहित अनिश ढकालको समेत उम्मेद्वारी परेकाे थियो । छलफल पछी अनिष ढकालले उम्मेद्वारी फिर्ता लिएर भुजेललाई समर्थन गरेका थिए ।

समितिको कार्यकारिणी उपाध्यक्षमा सागर लामिछाने र भिष्म श्रेष्ठ, महासचिवमा मदन सिग्देल, काेषाध्यक्षमा सुरज लम्साल, कानुनी सल्लाहकारमा महेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सन्ताेष महत
सुवास शाही ठकुरी, रमेश सिग्देल, काेशिस पाेख्रेल र वृद्धि सभापतिमा अनिस कुमार ढकाल चयन भएका निर्वाचन संयोजक ईश्वर श्रेष्ठले वताए ।













