दुलेगौंडा, १८ मंसिर । ढोरेली सेवा समाजले ढोर क्षेत्रमा सामुदायिक विद्यालयमा एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान गर्ने भएको छ ।
शुक्रवार शुनपा–९ घारीस्थित तालवेशी माविमा एक कार्यक्रमकाबीच सम्मान गरिने समाजका महासचिव धर्म अर्यालले जानकारी दिए । सोहि अवसरमा ढोर क्षेत्रका सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत राखिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम विहान १० बजे शुरु हुने छ । समाजले वार्षिक रुपमा यस क्षेत्रमा छात्रछात्रा सम्मान गर्दै आएको छ । । काठमाडौमा गई बसोबास गर्ने विभिन्न कामको शिलशिलामा काठमाडौंमा रहेका ढोर क्षेत्रका स्थानीयले स्थापना गरेको ढोरेली सेवा समाजले नियमित रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।













