दुलेगौंडा । दुलेगौंडामा रहेकाे लाइफ जिमकाे टाेलीले तिहारमा देउसी भैलाेबाट सङ्कलित रकम सामाजिक कार्यमा खर्च गरेको छ ।
लाइफ जिमले शारीरिक रूपमा अशक्त रहेका शुक्लागण्डकी-२ पिपलटार निवासी नरबहादुर थापालाई ३० हजार नगद हस्तान्तरण गरेको थियाे। थापा तिन बर्ष अगाडी रुखबाट लडेर घाईते भएका थिए ।

यसैगरी लाईफ जिमले शुक्लागण्डकी-१० गुर्दुममा रहेकाे शारदा प्राविकाे भाैतिक संरचना मर्मत सम्भारका लागि २५ हजार हस्तान्तरण गरेको छ ।
लाइफ जिमका प्राेपाइटर शैलेश रिमालले हरेक नागरिकले व्यवसायिक मात्रै नभइ सामाजिक हितका लागि पनि सक्रिय हुनुपर्ने बताए । साथै उनले लाइफ जिममा आबद्ध सदस्यका कारणले पनि सामाजिक कार्य गर्न प्रेरणा मिलेको बताए ।












