दुलेगौंडा । नेपाली काँग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले आगामी निर्वाचन अगाडि नै नेपाली काँग्रेसको केन्द्रिय अधिवेशन गरी नयाँ नेतृत्व चयनका लागि आग्रह गर्ने निर्णय गरेको छ । कार्तिक ३० गते आईतवार शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडाध्यक्ष, नगर कार्यसमिति पदाधिकारी एवम् तनहुँ क्षेत्र नं २ का सभापति सहितको वैठकले सो निर्णय गरेको नगर उपसभापति कृष्णप्रसाद रेग्मीले बताए ।
वैठकमा सहभागी वडाध्यक्षहरुले वर्तमान नेतृत्व लिएर निर्वाचनमा जाँदा राम्रो सन्देश नजाने हुँदा विशेष महाधिवेशन नै गरेर भएपनि नयाँ नेतृत्व सहित नयाँ घोषणापत्रका साथ जनतामा जानुपर्ने धारणा राखेका थिए।
बैठकलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति चुडामणि खनालले अब अधिवेशनमार्फत नयाँ र परिष्कृत नेतृत्वसहित सवै संगठित भएर आम निर्वाचनमा जाँदा काँग्रेसको पक्षमा जनमत आउने हुँदा नेतृत्वलाई यथाशिघ्र अधिवेशन घोषणा गर्न दबाब दिनुपर्ने बताए ।
वैठकमा क्षेत्रीय सभापति चुडामणि खनाल सहित नगर उपसभापति कृष्णप्रसाद रेग्मी नगर सचिव शिवराज रेग्मी, वडा नं २ का सभापति ध्रुवराज पौडेल,३ का सभापति युवराज श्रेष्ण,४ का उपसभापति कृष्ण जिटी,५ का सभापति भोजराज लामिछाने,६ का सभापति रवि केसी,७ का सभापति ईश्वर तिमिल्सीना,८ का सभापति विपिन्द्र सेन ठकुरी,९ का सभापति रामप्रसाद पाठक,१० का सभापति खड्गविक्रम खाँण लगायतले धारणा राखेका थिए।
वैठक सभापति गोपि वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।













