खैरेनीटार । खैरेनी माध्यमिक विद्यायको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा केशवराज घिमिरे सर्वसम्मत चयन भएका छन् । बुधबार भएको वृहत अभिभावक भेलाले घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
समितिको सदस्यहरुमा सुनिता बिश्वकर्मा, पदम बहादुर राना, अप्सरा श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक राजेश्वर घिमिरे रहेका छन् । अध्यक्षमा निर्वाचित घिमिरे सोहि विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् । शिक्षक अभिभावक संघको अध्यक्षमा शारदा उपरकोटी मिजार सर्वसम्मत भइन् ।

सदस्यहरुमा रिता पौडेल ढकाल, जानुका कार्की, मोतिसरा वि।क।, रेनु क्षेत्री र कोपिला कुमाल रहेका छन् । नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तरमा केन्द्रित हुन आग्रह गरे ।













