दुलेगौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्लागण्डकीकाे अध्यक्षमा ऋतु भुवाई चयन भएका छन् । मंगलबार दुलेगौंडामा भएको आम भेलन तथा नगर अधिवेशनले भुवाईकाे अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।

समितिकाे वरिष्ठ उपाध्यक्षमा बालाराम पाण्डे, उपाध्यक्षमा पुजा लामा र हरिश्चन्द्र महत, सचिवमा उपेन्द्र श्रेष्ठ, सहसचिवमा केशवराज पाैडेल, काेषाध्यक्षमा सराेज लम्साल चयन भएका छन् ।
यसैगरी राप्रपा शुक्लागण्डकीकाे सदस्यमा नेत्रबहादुर कार्की, मन कुमारी विक, विक्रम खाँड ठकुरी, तुलसी प्रसाद पाैडेल, सुर्य पाैडेल, जंगबहादुर गाेदार, दिननाथ भण्डारी, शरद थापा र पल शाही चयन भएका छन् ।

राप्रपा शुक्लागण्डकीका अध्यक्ष बाेधराज गैह्रेकाे सभापतित्वमा सम्पन्न आम भेला तथा अधिवेशनमा गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरूङ, राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपाकाे केन्द्रीय प्रशिक्षण विभाग उपप्रमुख खुस्बु ओली, गण्डकी प्रदेश कार्यसमिति सचिव वरूण विक्रम राणा, केन्द्रीय सदस्य गाै माया श्रेष्ठ, राप्रपा तनहुँका अध्यक्ष विनाेध घर्ती लगायतले बाेलेका थिए भने कार्यक्रमकाे सञ्चालन नगर सचिव उपेन्द्र श्रेष्ठले गरेका थिए ।












