प्रेम नारायण अर्याल, दुलेगौडा । शुक्लागण्डकी शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा अवस्थित तालवेसि माध्यमिक विद्यालयमा शैक्षिक अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुविच आगामी प्रवेशिका परीक्षालाई लक्षित गरी अन्तर्किया कार्यक्रम सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मिले बताए । अभिभावकहरुलाई विद्यार्थीको अनुशासन, खानपान, सिकाई उपलब्धी लगायतका बारेमा कक्षा शिक्षक सुवास चापागाईले प्रस्तुतीकरण गर्नुभएको थियो । विषयगत शिक्षकहरुले आफ्नो विषयको उपलब्धि, बालबालिकाहरुको गृहकार्य तथा कक्षागत प्रस्तुतिका बारेमा आएका परिवर्तका बारेमा प्रष्ट पार्नुभएको थियो । अभिभावकहरुले बालबालिकाहरुको सिकाईका लागि प्रधानाध्यापक ध्रुव वाग्लेले प्रस्तुत गरेका शैक्षिक उपलब्धि सुधारको योजनालाई सर्वसम्मत स्विकृत गरि शैक्षिक गतिविधिलाई व्यवस्थित गराउने सवालमा सवैले सहमति जनाए ।
उक्त शैक्षिक अन्तर्क्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका नि. वर्तमान सदस्य युवराज पराजुली, विद्यालय व्यवस्थापन समितिका नि. वर्तमान अध्यक्ष विनोद राउतलगायतले विद्यालयको शैक्षिक उपलब्धिको सवालमा आफ्नो धारणा प्रस्तुत गरेका थियो ।













