दुलेगौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी खैरेनीटारमा देख्न पाइने भएको छ । ट्रफी टुरमा रहेकाे टिमलाई लायन्स क्लबले खैरेनीटारमा स्वागत गर्ने हुदाँ ट्रफीलाई नजिक बाट निहाल्न पाईने भएको हाे
।
लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स र लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रले ट्रफी टुरको टिमलाई कार्तिक १० गते दिउँसो १:३० बजे खैरेनीटारमा स्वागत गर्ने छन् ।
देशकाे पहिचान स्थापित गराउन सफल प्रतियोगिताकाे ट्रफीलाई शुक्लागण्डकीभित्र टेकाउन पाउन गाैरवकाे कुरा रहेकाे लायन्स क्लब डिष्ट्रिक ३२५ एल नेपालका महासचिव सुजित हिराचनले बताए । एनपिएलकाे ट्रफीलाई नजिकैबाट निहाल्न पाईने हुदाँ क्रिकेटप्रेमी तथा खेलाडीलाई सहभागी हुन आग्रह गरे । सम्भवत उक्त कार्यक्रममा क्यानका महासचिव एवम् नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पनि आउने बताए ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको छ।














