दुलेगौंडा । इलाका प्रहरी कार्यालय बेलचाैताराकाे प्रमुख प्रहरी निरीक्षक पाेषण थापाको सरूवा भएको छ । थापालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको भर्ना छनौट शाखामा सरुवा गरेको जनाएको हाे ।
असोज २८ गतेको निर्णय मा प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियाे । जसमा थापाको पनि सरूवा भएको हाे ।
थापाको सरूवासंगै बेलचौतारामा नेपाल प्रहरी बिशेष सुरक्षा गण जनकपुर धनुषाबाट प्रहरी निरिक्षक धननारायण श्रेष्ठ आउने भएका छन् ।













